आँखाको कालो घेरा हटाउने घरेलु उपाय

पर्याप्त निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ।

केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । विशेषगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ। अब जानौँ, हटाउने तरिका:

भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप र हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटेनिङ गर्न मद्दत गर्छ।

भिटामिन ‘सी’ले दिमागमा सेरोटोनिन नामक रसायन उत्पादन गर्छ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ।

अंगुर, ब्लुबेरी, बन्दागोभी, केराउ आदिजस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ।

आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ।

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि
धुन सकिन्छ।

सुत्नुअघि मनतातो पानीमा खाने सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ। नयाँपत्रिकामा स्वस्थ्यसम्बन्धी यो टिप्स छापिएको छ।





Comments

comments

28956