यस्तो पो प्रधानमन्त्रीः यि प्रधानमन्त्री सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्छन्

थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गरे डा. लोतेय छिरिङले।

लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री। उनी साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त हुन्छन् भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्छन्।

‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधानमन्त्री निर्वाचित भएका छिरिङ भन्छन्, ‘कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु। म अस्पतालमा सप्ताहन्त मनाउँछु।’

प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन। साधारण डाक्टरजस्तै उनी अस्पताल पुग्छन्। अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन्। उनी नियमित डाक्टरले झैं आफ्नो काम गर्छन्। नयाँपत्रिकामा यो खबर छापिएको छ।





Comments

comments

29019