विदेशबाट फर्किदा सुनका गहना २५ तोलासम्म ल्याउन पाईने

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ।

अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ। आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो।

सुनका गहना २५ तोलासम्म
नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।





Comments

comments

29610