नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

सुनिल संगम –
लिस्बोन, पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एवं नव आगन्तुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखि १ महिने प्रारम्भिक पोर्चुगाली भाषा कक्षा पुन: संचालन गर्ने भएको छ।

जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेले जानकारी दिए अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा संचालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क मात्र लाग्ने छ जुन शुल्क मसलन्दको लागि प्रयोग गरिनेछ साथै गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरण एवं बिस्तार अभियानलाई बिशेष सहयोग पुर्याउन समितिको तर्फबाट पोर्चुगलको बिभिन्न स्थानमा बसोबास गर्नु हुने ब्यक्तिहरु सम्मिलित १०१ सदस्यीय कार्यदल निर्माण गरिएको जानकारी पनि सभापति घिमिरेले दिएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29828