यी हुन् युरिक एसिडको कारण र रोकथाम

  •  शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ। यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निकाल्छ।
  • रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनिर र भिन्डीलगायत पदार्थको मात्रा बढी हुँदासमेत युरिक एसिड बढ्ने गर्छ । त्यस्तै, यस्ता खानेकुरा ठिक मात्रामा खानुपर्छ।
  •  दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ । त्यस्तै जबर्जस्ती कसरत र तौल कम गर्दासमेत युरिक एसिड हुन्छ।
  •  उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ, यस्ता चिजबाट बच्न आवश्यक हुन्छ।
  •  युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्ने÷सुन्निने कम गर्ने औषधिको सेवन गर्नुपर्छ । तर, युरिक एसिड कम गर्ने औषधि जथाभावी भने खानुहुँदैन । जसले रगतमा युरिक एसिडको मात्रा अचानक घट्छ । अनि, जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भई झन् दुखाइ बढ्न सक्छ।

यो सामग्री नयाँ पत्रिकामा छापिएको छ।





Comments

comments

29822