बेलायतीहरूको हृदयमा गोरखा सैनिकको विशेष स्थान

फाईल फोटो

बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन्।

बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन्।

गोरखाहरू गतिशील, खुसी, समुन्नत र दूरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराए।

उनले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताव्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताए। यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ।





Comments

comments

29897