कोलोराडोका नेपाली दिदीबहिनीहरुले यसरी गरे रमाइलो

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। अमेरीकास्थित कोलोराडोमा रहेका नेपाली महिला दिदीबहिनीहरुबीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको बनभोज कार्यक्रम विभिन्न कार्यक्रमसंगै शनिबार सम्पन्न भयो।

दिदीबहिनी समूह कोलोराडोको आयोजनामा तथा दिदीबहिनी र दाताहरुको सक्रिय सहयोगमा बनभोज कार्यक्रम सम्पन्न भएको हो। कोलोराडोस्थित चेरीपार्क थ्रोन्टनमा आयोजित कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनधि, बुद्धीजीवी, ब्यवसायी, पत्रकार, कलाकार तथा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

महिला दिदीबहिनीहरुबीच एक आपसमा समन्वय, सहयोग र महिला हक हितका लागि संगठित दिदीबहिनी समूहले नेपाली समुदायबीच यस्ता सामाजिक तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको दिदीबहिनी समुहका संयोजक धन पौडेलले बताएकी छन्। यस्ता कार्यक्रमहरुबाट यस कर्मभूमिमा हुर्केका बालबालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन तथा महिला दिदीबहिनीहरुलाई परेको समस्या एक आपसमा छलफल गर्न सजिलो हुने पौडेलको भनाई छ।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न बालबलिकाहरुबीच पिनटा फुटाउने खेल, महिला दिदीबहिनीबीच चम्चा गुच्चा खेल, पुरुषहरुबीच भलिबल प्रतियोगिता खेल, नेपाली मौलिक संगीतमा नाचगान जस्ता कार्यक्रमहरु आयोजना गरिएको थियो। बनभोज कार्यक्रममा समूहका दिदीबहिनीहरले घर घरमा तयार बनाएर ल्याईएका स्वादिष्ट नेपाली खानाका परिकारहरु उपलब्ध गराईएको थियो।





Comments

comments

29982