पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

–

काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएको भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको छ।

फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई उक्त एवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ। श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत हुन् । यसअघि सो एवार्ड चीन र भारतका पूर्वप्रधानन्याधीशले प्राप्त गरेका थिए। रासस





Comments

comments

141591