प्रियकांलाई मिस एसईईको उपाधि

पोखरा। इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले चुमेकी छन्।

उनले मिस स्पोर्टी एवार्ड र वेष्ट ड्रेस एवार्ड पनि जितिन्। सिल्भर क्राउन, स्कुटर, नगद १० हजार रुपैयाँ हात पारेकी उनले न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति, फेसन हबमा डिजाइनर कोर्ष र गोर्खाली पानीको ब्राण्ड एम्बेसर बन्ने अवसर समेत प्राप्त गरिन्।

यसैगरी प्रतियोगीतामा आयुष्मा गिरी फस्टरर्नसअप बनिन् । उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गरिन्।

सेकेन्ड रर्नस अप सेन्जिया गुरुङ बनिन् । मिस फोटोजेनिक समेत बनेकी उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गरिन्।

यसैगरी बेष्ट क्याटवाल्क र वेस्ट स्माइल सलोनी प्रधान, मिस टयालेन्ट रोश्ना केसी, वेष्ट पर्सनालिटी ब्लिस ढकाल, भिवर च्वाईसको पुरस्कार लिहा छत्यालले जितिन्। उनीहरुलाई कर्णप्रिय स्वरका धनी कर्णदास, कार्यक्रम संयोजक सुशिल नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगीताको फाइनलमा १९ जना युवती पुगेका थिए।

छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ कार्यक्रममा पोखराका रंगपत्रकार राजाराम पौडेललाई सम्मान गरियो। कान्तिपुर पब्लिकेसन्स प्रालिमा आवद्ध पत्रकार पौडेललाई रंगपत्रकारिताको माध्यमबाट रंगक्षेत्रलाई प्रर्वद्धन र संर्वद्धन गर्न योगदान दिएको भन्दै नगद १० हजार ५ सय सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। यसैगरी एचआइभी सक्रमित भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर किर्तिमानी राख्न सफल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30082