काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट हासिल भएको ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले तालिममा प्रहरी सहायक हवल्दार १८ र प्रहरी जवान ३२ जना प्रशिक्षार्थी सहभागी भएका बताए। रासस


