ट्रम्पले उत्तरमा पाइला टेक्नु अभूतपूर्व: उत्तर कोरिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला टेकेको घटनालाई उत्तर कोरियाली सञ्चार माध्यमले अभूतपूर्व भन्दै त्यसको प्रशंसा गरेका छन्।

ट्रम्पले उत्तर कोरियाको भ्रमण गर्नु ऐतिहासिक र अनौठो भएको पनि ती सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार कोरियाली नेता किमसँगै दुई कोरियालाई छुट्याउने कोरियाली असैनिकृत क्षेत्रबाट उत्तर कोरियाली भूमिमा पाइला टेकेका थिए । ट्रम्प २० पाइला हिँडेर कोरियाली भूमि पुगेका थिए । ट्रम्प उत्तर कोरियाली भूमिमा पुग्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन् । यसअघि अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर र बिल क्लिन्टन पनि उत्तर कोरिया पुगेका थिए । उनीहरू दुवैजना आफ्नो कार्यकाल सकिएपछि मात्र त्यहाँ गएका थिए ।

उत्तरका लागि महान् अवसर
अमेरिकी राष्ट्रपति उत्तर कोरिया पुग्नु प्योङयाङका लागि ‘महान् अवसर’ भएको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । ट्रम्प अप्रत्यासित रूपमा कोरिया पुगेको समाचारलाई सो समाचार संस्थाले विस्तृत ‘कभरेज’ गरेको छ । उत्तर कोरियाले बाह्य जगत्को समाचारलाई खासै महत्व दिँदैन । सरकार नियन्त्रित सञ्चार माध्यमले अमेरिकालाई दशकौँदेखि दुस्मन राष्ट्रका रूपमा चित्रित गर्दै आएका थिए । तर, आइतबारका अखबारका सामग्री भने अपवाद रहे । सबै सञ्चार माध्यमले ट्रम्पलाई वाहवाही गरेका थिए । ट्रम्प र किमसँगसँगै हिँडेको तस्बिर उत्तर कोरियालीका लागि असामान्य दृश्य बनेको छ । ‘ट्रम्पसँग किम हिँडेको तस्बिर आमकोरियालीका लागि अपत्यारिलो थियो,’ केसिएनएले टिप्पणी गरेको छ। यो खबरलाई नयाँपत्रिकामा प्रकाशित गरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30258