भारत जाँदा छोरा, फर्किदा छोरीः जबर्जस्ती लिंग काटिदियो…

भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने। यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो।

जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ।

गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ।

भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो। तेस्रोलिंगीहरुको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए। त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो।

रेलवे स्टेसन र वषपार्कमा माग्न लगाइयो। सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको हुन्। इलियासले नै उनको कमाइ खान्छन्।

मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलवार जिल्लाप्रहरी कार्यलय पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग काटेर फान्न लगाइयो । यो समाचार कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेकी छिन्।





Comments

comments

30327