गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

केदार प्रसाद न्यौपाने, प्रकाश सपूत र शान्तिश्री परियार

गोपी कृष्ण –

काठमाडौं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन्।

बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो।

प्रमाणपत्र ग्रहण गर्दै सपूत

एकबर्षका लागि एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता बताए । ‘मेरो लागि डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने । ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो।’

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे। केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन्।

डिएनए क्लोथिङ

कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिति रहेको थियो।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन्। उनको यस गीत केहीसमय बिवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन्। यी गीत युट्युवमा करोड बढी भ्युज छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30470