पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, २८ सेप्टेम्बर। नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा हङकङमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
शोक तथा प्रार्थना कार्यक्रम हिजो २७ सेप्टेम्बर २०२६ का दिन जोर्डनस्थित चुम्लुङ हिममा आयोजना गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग हङकङ र रास्वपा प्रवास विभाग मकाउको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपालका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता झम गुरुङ र उदित खत्रीले संयुक्त रूपमा गरेका थिए। त्यसैगरी कार्यक्रम सञ्चालन रास्वपाका सह-सचिव सन्तोष राईले गरेका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले मैनबत्ती प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए।
फोटोः जगतअम्बु गुरुङ


