काठमाडौँ — त्रिमूर्ति निकेतनले भगवती बस्नेतलाई संस्थाको कोषाध्यक्ष पदमा चयन गरेको छ। यसअघि उहाँ निकेतनको कार्यसमिति सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न साधारणसभाले बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार साधारणसभाले बस्नेतको कार्यक्षमताको कदर गर्दै उहाँलाई यो नयाँ जिम्मेवारी सुम्पिएको हो।


