मन्त्री खनाललाई अमेरिकामा ज्ञापन-पत्र

–

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति अमेरिकाले २६ तारिखका दिन नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाललाई ज्ञापन-पत्र बुझाएको छ।

–

एनआरएनए अमेरिकाद्वारा न्यूयोर्कमा एक कार्यक्रम आयोजित गरिएको थियो। उक्त कार्यक्रममा नर्दन क्यालिफोर्निया र न्यूयोर्क च्याप्टरमार्फत छुट्टाछुट्टै विषयमा ज्ञापन-पत्र बुझाइएको हो। यसरी ज्ञापन-पत्र बुझाउँदै समितिले अमेरिकामा बसोबास गर्ने आम नेपालीहरूको भावनाको प्रतिनिधित्व गरेको छ।

विगतमा जनसम्पर्क समिति अमेरिकाको विशेष पहलमा महावाणिज्य दूतावास स्थापना भएको थियो। तर अहिलेको सरकार निर्माण भएसँगै उक्त दूतावास बन्द भएको छ। त्यसैले, नेसजअ नर्दन क्यालिफोर्निया च्याप्टरद्वारा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास पुनः स्थापना तथा निरन्तर सञ्चालन गरिदिन सरकारसँग अनुरोध गरिएको छ। सोही अनुरोधसहित च्याप्टरले ज्ञापन-पत्र बुझाएको हो।

–

त्यसैगरी, न्यूयोर्क च्याप्टरले पनि भोटेकोशी प्राकृतिक विपत्तिलाई दृष्टिगत गरेको छ। च्याप्टरले अमेरिकामा बसोबास गर्ने नेपालीलाई TPS प्रदानका लागि अमेरिकी सरकारसँग कूटनीतिक पहल गरिदिन नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापन-पत्र बुझाएको छ। यी कुराहरू केन्द्रीय सभापति मुनिन्द्र नेम्बाङले आफ्नो सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ।

–

नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको ज्ञापन-पत्रलाई समितिका केन्द्रीय सह-महामन्त्री अनिता परियारले वाचन गर्नुभएको थियो।

न्यूयोर्क च्याप्टरका महामन्त्री सुवास केसीले बुझाउनुभएको ज्ञापन-पत्रलाई भने थोरै अंश मात्र पढेर सुनाउनुभएको थियो।

यस ज्ञापन-पत्र बुझाउने कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका महानुभावहरूको सहभागिता थियो। जसमा नेका आमन्त्रित केन्द्रीय सदस्य खगेन्द्र क्षेत्री र समितिका उप-सभापति सञ्जीव श्रेष्ठ रहनुभएको थियो।

–

त्यस्तै निमा बम्जन, सह-महामन्त्री अनिता परियार, केन्द्रीय सदस्य मीन खड्का र दिनेश डाँगी पनि उपस्थित हुनुहुन्थ्यो। न्यूयोर्क च्याप्टरका तर्फबाट वरिष्ठ उपसभापति न्वाङ पुरी शेर्पा र उपाध्यक्ष भीमसेन श्रेष्ठको सहभागिता थियो। साथै महामन्त्री सुवास केसी तथा सदस्यहरू – महदत्त कँडेल, टासी शेर्पा, निर्मला बराल र भरत भट्टराईलगायतको पनि उपस्थिति थियो।

ज्ञापन-पत्र बुझाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पदाधिकारी, सदस्य तथा दुवै च्याप्टर समितिलाई नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति मुनिन्द्र नेम्बाङले सामाजिक सञ्जालमार्फत धन्यवाद दिनुभएको छ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका प्रत्यक्ष सरोकारका विषय भएकाले ज्ञापन-पत्रमा उठाइएका मागलाई गम्भीरतापूर्वक लिइने विश्वास गरिएको छ। ती मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह समेत गरिएको कुरा सभापति नेम्बाङले बताउनुभएको छ।





Comments

comments

141079