दुर्गा प्रसाईं पुनः पक्राउ, मिडियासामु भने– ‘सिंहदरबार खरानी बनाउनेहरूलाई लखेट्छु’

–

काठमाडौँ, विवादास्पद व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमति लिई विद्युतीय कारोबार ऐन (२०६३) को दफा ४७ अन्तर्गत अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईंले केही समयअघि सामाजिक सञ्जालमा सांसद खतिवडा रका दिवंगत छोरा (आन्दोलनका सहिद) रसिक खतिवडालाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।

पक्राउ परेलगत्तै सञ्चारकर्मीहरूमाझ प्रतिक्रिया दिँदै प्रसाईंले आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिएका छन्। उनले वर्तमान राजनीतिक नेतृत्वहरूमाथि आक्रोश पोख्दै भने, “जसले सिंहदरबार खरानी बनाएर आए, आज देश उनीहरूले नै चलाइरहेका छन्। सिंहदरबार खरानी बनाएर आउनेहरूलाई म लखेट्छु, म पछि हट्नेवाला छैन।”





Comments

comments

141099