यतीको जहाज चिप्लिएर धावनमार्ग बाहिर, दुई घाइते…

फाईल फोटो

यती एयरलान्सको विमान ठूलो दुर्घटनाबाट बचेको छ। अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएएर घाँसे मैदानबाट बाहिर गएको रोकिएको छ।

यती एयरलाइन्सको एटीआर–७२ को विमान नेपालगञ्जबाट यात्रु बोकेर आएको थियो। विमानमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए। दुई जना यात्रु घाइते भएका छन्। उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

विमान चिप्लिएपछि विमान उडान अवरुद्ध बनेको छ। पानी परि रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन्।

धावनमार्गको नजिकै विमान दुर्घटना भएपछि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको जनाएको छ।





Comments

comments

30554