सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

फाइल फोटो

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ।

सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करी बढेका कारण त्यसलाई रोक्न बिओपी स्थापना गर्न प्रस्ताव गरिएको हो।

संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको टुङ्गो लागिसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन््।





Comments

comments

31495