अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो। ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगारपुर जाँदैछन्।

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन थियो। यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

31507