‘बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र

नमूना तस्वीर

सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ।

सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको छ।

नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु र टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकले बाकसमा थन्याएर राखेका हुन्।

पाँचथरमा १ लाख १० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुसार सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । यो समाचार कारोबार दैनिकमा दिपक बोहोराले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31504