नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

फाइल फोटो

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ।

विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ।

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।





Comments

comments

31835