घटना १
गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे।
गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे।
घटना २
साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौँमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए।
राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्के गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन्। यो समाचार नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)