चीनले आफ्नो नागरिकलाई भन्यो- नेपालीसंग विहे गर्दा ध्यान दिनु

फाइल फोटो

चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ।

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो। पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन्।

काठमाडौँस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनीयाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।

चिनीयाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31872