नेपालको परराष्ट्र नीति भारतको विपक्षमा

फाइल फोटो

पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन्।

भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदूरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा चारपटक नेपाल आएको उल्लेख गर्दै उनले तर चीनको राष्ट्रपतिको आगामी सम्भावित भ्रमण मात्र नौ घण्टाको हुने पनि बताए। यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

31898