चीन सरकारले दिएका जहाज निगमलाई घाँडो, तीनवटा मात्रै उडानयोग्य

फाइल फोटो

चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् ।

अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो ।

निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् ।

एउटा वाई–१२ ई भने करिब ७ महिनादेखि ग्राउन्डेड छ । त्यस्तै दुईवटा एमए–६० मा एउटामात्रै उडान योग्य छ । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31953