‘सी विचारधारा’ को परीक्षण नेपालबाट शुरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ

चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ।

यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्यादिशामाथि पार्टीगत अन्तरक्रिया गरिएको हो।

तत्कालिन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत भएको छ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझादारीमा हस्ताक्षर गरेका हुन् । यो समाचार दुर्गा खनालले कन्तिपुर दैनिकमा लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32038