बडादसैँको टीकाको साइत १०:३५ बजे

फाइल फोटो

एचकेनेपाल डट कम संवाददाता –

बडादसैँको टीकाको शुभसाइत असोज २१ गते बिहान १०ः३५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिएका छन्।

सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने शास्त्रीय मान्यता रहेको छ। विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने जनाएको छ।

देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ।





Comments

comments

32175