त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ।

कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए।

२०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि शप बन्द छ। मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनःड्युटी फ्रि शप सञ्चालनको तयारी गरेको हो । यो समाचार आर्थिक अभियानमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32536