हङकङ समाचारः साई वान होमा गोली चल्यो, दुई प्रदर्शनकारी घाइते..!

तस्वीरः सामाजिक सञ्जाल

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ नोभेम्बर। प्रहरीले प्रहार गरेको गोलीबाट सोमवार विहान साई वान होमा दुई प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। एक जनाको पेटमा र अर्काको पाखुरामा गोली लागेको जनाइएको छ। दुबैको अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाउँदा दुई प्रदर्शनकारी घाइते भएको जनाइएको छ।

प्रदर्शनकारीले बिहानै सडक अवरोध र तोडफोड गर्न थालेका थिए। सडक पार गर्न लागेका दुई ट्राफिक प्रहरीमाथि प्रदर्शनकारीले पछाडिबाट आक्रमण गरेपछि तनाव सृजना भएको थियो।

विहानदेखि शुरु भएको आमहडतालको क्रममा प्रदर्शनकारीले हङकङको धेरै ठाउंमा सडक अबरुद्ध, तोडफोड र आगजनी गरेका छन्। यसै क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्।





Comments

comments

32622