कृपा अनप्लग्डमा कन्दरा ब्याण्डको ‘तिमी पारी’ र ‘लेककी हे माया..’

गायक विवेक श्रेष्ठ

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रापछि अहिले आएर पुन: सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन्।

गत बर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुरानासंगै नयाँ गीतहरु ल्याएर दर्शक – श्रोताहरुको उत्तिकै माया पाइरहेका छन्। अहिलेको नयाँ पुस्तामाझ पनि कन्सर्ट, सोसलमिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीतहरु “तिमी पारी त्यो गाउंमा” र “लेककी हे माया”।

गायक विवेक श्रेष्ठ

कृपा अनप्लग्डको नयाँ श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ। ९० को दशकको यि दुई गीत कन्दराको क्यारियरकै उत्कृस्ट गीत मानिन्छ। रिलिजको ३/४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्ससंगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक विवेक श्रेष्ठ बताउछन्।

नेपालमा लाइभ साङ्गीतिक प्रस्तुतीलाई अर्कै उचाईमा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ। जसको कारण यही कार्यक्रमको लागि ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रतक्ष्य प्रस्तुत भएका थिए। विगत २७ बर्षदेखि कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीतमा विशुद्ध र सरल शब्द, संगीत र स्वरको सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका छन्। कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी, बिदेसिएर गईन उनी, फुल्चोकिको डाडैमा लगायतका अन्य गीतहरु पनि अत्यन्तै चर्चित छन।

भिडियो लिंक

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32843