कास्की-२ मा नेकपाकी विद्या भट्टराई निर्वाचित…!

विद्या भट्टराई

एचकेनेपाल डट कम संवाददाता –

पाेखरा: प्रतिनिधिसभा सदस्यका लागि कास्की – २ मा शनिवार सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।

भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन्। उनले २४ हजार ३ सय ९५ मत र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाए।

विजयीपछि भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए। २०७५ फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की-२ मा शनिवार उपनिर्वाचन भएको थियो।





Comments

comments

32856