वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

फाइल फोटो

राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक/एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए। यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

32880