नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

फाइल फोटो

नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ।

यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ।

निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो।

निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्।





Comments

comments

Trending Now : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
32898