‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुलाई

तस्बिर: प्रमोद खरेलको फेसबुकबाट

नोभेम्बर ८ – अन्तर्राष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्।

प्रमोद खरेलको टीमका बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्।

लिम्बूसंग राजु लामाको टिमका शनिस श्रेष्ठ, आस्था राउतका आरिफ र टिम दीप श्रेष्ठको टिमका विकास लिम्बु अन्तिम प्रतिस्पर्धामा थिए।

शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा धेरै भोट ल्याएर उनले ‘द भ्वाइस’को उपाधि चुमेका हुन्।





Comments

comments

32977