मिस पूर्वाञ्चल २०१९ को उपाधि पथरीकी रिजुलाई… (फोटोसहित)

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, शनिबार धरानस्थित धरान सभागृहमा सम्पन्न नेपालआइस मिस पूर्वाञ्चलको दसौ संस्करणको ताज आफ्ना १९ जना प्रतिस्परधीहरुलाई पछि पार्दै पथरी शनिश्चरे- मोरंगकी रिजु भट्टराईले पहिरिएकी छिन्।

टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो? भन्ने प्रश्नको उत्तरमा मिस पथरी शनिश्चरे २०१९ की बिजेतासमेत रहेकी रिजुले “भागवत गिताका अनुसार तपाईँले आफ्नो धर्म र कर्तब्य निर्बाह गर्नु सधैँ उत्तम हुन्छ। यो ब्रह्माण्डमा सबैको आफ्नो धर्म र कर्तब्य हुने गर्दछ। मेरो बिचारमा नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सबभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो। हामी हिमाल पहाड वा तराई जहाँको भए पनि पर्यटनलाई प्रबर्धन गर्न आ आफ्नो कर्तब्य पालन गर्न भुल्नु हुँदैन। मलाई बिश्वाश छ परिबर्तन भन्ने कुरा आफैँ भित्रबाट आउने गर्दछ। तसर्थ हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नुपर्दछ।” भन्ने उत्तर दिएर सम्पूर्ण निर्णायक तथा दर्शकहरुको समेत ताली पाएकी थिईन्।

नेपाल आईस मिस पूर्वाञ्चल २०१९ बिजेता भट्टराईलाई मिस पूर्वाञ्चल २०१८ पूजा श्रेष्ठले ताज पहिरायेकी थिईन भने ओम शान्ति कम्पनी लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले रु दुइ लाखको चेक हस्तान्तरण गरेका थिए भने सिजी ब्रुअरीका सिनियर म्यानेजर मनिष सिंहले हंगकंग टुरको डमी टिकट दिनुभएको थियो। त्यस्तै उनलाई पर्यटकीय स्थल भेडेटारको नयाँ भेडेटार पर्यटन सद्भावना दूत घोषणा गरिएको थियो। उनले वाईवाई मिस पर्सनालिटीको सब-टाइटल समेत जितिन्।

मिस पूर्वाञ्चल २०१९ को फर्स्ट रनरअप खोटांगकी एन्जल राई भईन्। उनलाई भेडेटार एडभेन्चरको निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए। उनले नेपालआईस मिस मल्टीमेडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भईन्। उनलाई २०१८ की फर्स्ट रनर अप अनिला क्षेत्रीले ताज लगाईदिएकी थिईन्। त्यस्तै सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन्। उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए भने २०१८ की तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन्। उनले सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल भईन्।

त्यस्तै धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटलसमेत जितिन भने पेप्सी मिस ट्यालेन्टको उपाधि धरानकी अनुपम बस्नेतले, गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकी बिपना तामांग, मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराईली र मिस फ्रेन्डशिप धरानकी स्वेता पोख्रेलले जित्न सफल भईन्। सम्पूर्ण टाइटलबिजेताले १५ हजार पुरस्कार पाएका थिए।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणमा मिलान्ज फेशन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषा तथा एमी मेकअप स्टुडियोको मेकप्मा सजिएका २० जना प्रतिस्पर्धीहरु प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए।

२०१० देखि २०१८ सम्मका बिजेता -उप बिजेताहरुले समेत र्याम्पमा ओर्लिएको कार्यक्रममा नायिका मेरुना मगर, फेशन पत्रकार, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरेको थियो भने कार्यक्रम संचालन नेमिता आङ्गबुहाङ्ग र इक्सा मादेनले गरेका थिए।

सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुती र डिभाइन वाइन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह-प्रायोजन र पूर्वाञ्चल लुब्रिकेन्ट्सको प्रयोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा भएको नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को निर्णायकहरुमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ, नायिका मेरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनीका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरि, संचारकर्मी सुरेश राई र पत्रकार तथा कबि गोपाल देवान रहेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

33180