मध्यपूर्वको तनाव नेपालमा पाँच नोक्सान

फाइल फोटो

मध्यवर्ती मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले जनाएका छन्।

विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरुले चिन्ता जाहेर गरेका हुन्।

उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरु जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरुको विश्लेषण छ।

इरानमा द्वन्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा.अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याए। यो समाचार नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन्।

१. विप्रेषण आप्रवाहमा गिरावट
२.मूल्यवृद्धि
३.पर्यटकहरुको आगमनमा कमी
४.गरिबी निवारणमा असर
५.रोजीरोटी नै गुम्ने खतरा





Comments

comments

33461