जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

फाइल फाेटाे

जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो।

माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो।

विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्‍याएको थियो।

बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतकको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो।

मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतमको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ। यो समाचार नेपाल समाचारपत्रमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33509