एकै दिन ४२ अर्ब राजस्व

फाइल फोटो

सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको हो। कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८.९५ प्रतिशत हो।

सरकारले पुस मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन निकै प्रयत्न गरे पनि पहिलो छ महिनासम्मको राजस्व लक्ष्य भने भेट्न सकिएको छैन । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको हो । अघिल्लो आवको पुससम्म सरकार पाँच खर्ब २० अर्ब रुपियाँ सङ्कलन गर्न सफल भएको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33502