यस्तो छ ‘नीरफूल’को बदनामी गीत

रेखा थापा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

काठमाडौं, प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ। चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो।

गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ। नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन्। जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ।

यो गीतको सँगीत अर्जुन पोखरेलले गरेका हुन्। दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैंले लेखेका हुन्।

चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ। यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ। आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन्।

तिमी बेइमानी

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्।





Comments

comments

33864