दिपक बज्राचार्य आफ्नो नयाँ गीत ‘राति’बाट भिडियो निर्देशक पनि

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

पछिल्लो समय मनमगन गीतबाट चर्चामा आएका चर्चित गायक दिपक बज्राचार्यको नया गीत “राति” म्युजिक भिडियोसहित आउदो सोमबार रिलिज गरिन लागिएको छ।

दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेलस्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ।

भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यलाइ किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो र बिशेषगरी ‘राति ‘गीतको भिडियोको बारेमा प्रश्न गर्दा बज्राचार्य यसो भन्छन्-

आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन, सहकर्मीहरु त्यति भेट हुदैनन् , चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ ,मलाई मात्रै होइन, वरिपरि हेर्छु, उस्तै देख्छु, फेसबुकतिर फोटो देख्छु, कहिले विदेशमा ट्रेनका सम्पूर्ण डब्बामा नेपाली भरिएको देख्छु साथै विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु आजकल मेरा आफ्नै साथीभाइहरुसंग नेपालभित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ। यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको? यो कस्तो आकर्षण प्रवासको? मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो।

बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेको छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु।

कालो शक्ति अर्थात नेगेटिभ ईनर्जीसँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत हो ‘राती ‘। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतिको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ नै ‘राती ‘को भिडियोमा देखाइएको छ। भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाई फिचारिंग गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33861