Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको उद्घाटन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको उद्घाटन

इटहरी। कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको एक भव्य कार्यक्रम बिच उद्घाटन गरिएको छ।

प्रदेश नं को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिद्यार्थीहरुमा खुसि छाएको छ।

बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सन्चालक , साहित्यकार एवं सन्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागि कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सन्चालन गरिएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए।

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो।

साहित्यकार एवं प्राध्यापक मनु मञ्जिलले कान्तिपुर फिल्म एकेडेमिले पूर्वको शान बढाएको बताउनु भयो भने प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहालले सफलताको शुभकामना दिनु भयो। स्थानीय प्रशासनको तर्फबाट वडा अध्यक्ष दिपक गौतमले एकेडेमीले दक्ष कलाकर्मी जन्माउनेमा आशा व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भयो। साथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमि इटहरीको प्रगतिको लागि शुभकामना प्रदान गर्नु भएको थियो।

पहिलो चरणमा कातिपुर फिल्म एकेडेमि इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफीको १ महिने कक्षा यही फागुन ४ गतेबाट सन्चालन गर्दैछ।





Comments

comments

33858