Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बाथरुममा यसरी जान सक्छ ज्यान… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बाथरुममा यसरी जान सक्छ ज्यान…

फाइल फोटो

बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन्। त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई।

अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन। ”

धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो।

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताए।

झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ। सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने गरेको उनले बताए। यो समाचार गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन्।





Comments

comments

33853