नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने

फाइल फोटो

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन्।

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्ने र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपुजा गर्न नेपाल आउन लागेका हुन्।

संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन्। यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

Trending Now : हङकङ प्रदर्शनमा १९ घाइते, नेपाली महिलाको अवस्था गम्भीर...
33913