बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

–

एचकेनेपाल डट कम –
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ सोमबार भारत प्रस्थान गरेका छन्। उनी बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

गृहमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो। उनी सोमबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्।

बिमस्टेकको स्थापना सन् १९९७ मा भएको हो। यस क्षेत्रमा पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक हुन लागेको हो। यो बैठक सन् २०१८ को काठमाडौँ शिखर सम्मेलनको सहमति अनुसार आयोजना गरिएको हो।

यसको मुख्य उद्देश्य क्षेत्रीय सुरक्षा संयन्त्रलाई बलियो बनाउनु हो। बैठकमा नेपाल र भारतसहित सात सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्। यसमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड रहेका छन्। बैठकमा क्षेत्रीय सुरक्षा र आतंकवाद नियन्त्रणमा छलफल हुनेछ। साथै सीमा व्यवस्थापन र सुरक्षा समन्वयबारे पनि कुराकानी हुनेछ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ। उनले अन्य सदस्य राष्ट्रका समकक्षीहरूसँग पनि भेट्नेछन्।

भारत प्रस्थान गर्नुअघि उनले व्यवसायीहरूसँग छलफल गरेका थिए। उनले नेपाल-भारत सीमा क्षेत्रका समस्याबारे सुझाव संकलन गरेका थिए। उनले व्यापारिक चुनौतीका विषयमा पनि व्यवसायीहरूसँग आवश्यक परामर्श गरेका थिए।





Comments

comments

141416