क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

–

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन भएका छन्।

विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए।

अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार आचार्यले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा अस्पतालका अध्यक्ष डा योगेन्द्रप्रसाद सिंहबाट सफत ग्रहण गरेर कार्यभार सम्हाल्ने तालिका रहेको छ।

अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवदेन दिएका सात जनामध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा डा आचार्यलाई चयन गरिएको हो।

डा आचार्यसँगै डा अजयकुमार झा, डा उमेश नेपाल, डा कृष्णसागर शर्मा, डा गुरुशरण साह, डा प्रदीप थापा र डा रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका थिए । आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक हुन् । उनी अस्पतालको महिला क्यान्सर रोग विशेषज्ञ (गाइनो अङ्कोलोजिष्ट) छन् । विसं २०५८ माघ १४ गते मेडिकल अधिकृतका रुपमा आचार्यले अस्पतालमा काम सुरु गरेका थिए।

गत वैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल पदबाट हटेपछि निमित्तका रुपमा डा उमेश नेपालले अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। रासस





Comments

comments

141413