आदेश आए १ महिनाभित्रै रेल गुड्छ

जयनगर

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने।

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको छ। यो समाचार नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन्।





Comments

comments

34060