हङकङका जनतालाई सरकारले $१०,००० डलर बाँढ्दै…!

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २६ फेब्रुअरी । लामो समय आन्दोलनको दलदलबाट निस्किन नपाउंदै कोरोनाभाइरस महामारीले गाँजेको हङकङका जनतालाई सरकारले राहत दिने भएको छ।

सरकारले १८ वर्षमाथिका प्रत्येक स्थायी बासिन्दालाई पर्ने आर्थिक भार कम गर्न $१०,००० हङकङ डलर (१२०० यूयस डलर) वितरण गर्ने भएको छ।

हङकङको आर्थिक मामिलासम्बन्धी उच्च अधिकारी पाउल चानले बुधबार बजेट भाषण दिँदै $१०,००० हङकङ डलर ह्यान्डआउटको घोषणा गरेका हुन्। $१२० बिलियन डलर बजेटबाट जनतालाई वितरण गर्न $७१.१ बिलियन डलर छुट्याइएको पाउल चानले बताएका छन्। पाउल चानका अनुसार सार्वजनिक आवासको भाडा घटाउने तथा सम्पत्ति करमा छुट दिइनेछ।

हङकङका राजनीतिक दलहरूले यस्तो कठिन अवस्थामा सबै वयस्क बासिन्दाहरूलाई कम्तीमा $१०,००० उपलव्ध गराउंन सरकारसंग माग गर्दै आइरहेका थिए। राहत प्याकेज गत वर्षको भन्दा दोब्बर बढी हो।

यसअघि, हङकङ सरकारले माध्यमिक विद्यालय, प्राथमिक विद्यालय र किन्डरगार्टेनमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई $३५०० हङकङ डलर अनुदान दिने घोषणा गरिसकेको छ। जुन प्राप्त गर्ने प्रक्रियामा छ।

राहत रकम $१०,००० को लागि आवदेन फाराम अगष्ट महिनामा खुल्ने छ। फाराम ३१ डिसेम्बरभित्र भरिसक्नु पर्ने छ। प्रक्रिया पूरा गरेका आवेदकले उक्त राहत रकम २०२१ को फेब्रुअरी महिनाभित्र पाउने छन्।

[table “” not found /]

[table “” not found /]





Comments

comments

34140