हाम्रो तमू र तमू ल्होसार

ईश्वर प्हच्यू तमू / एचकेनेपाल डट कम –
नेपाललाई भौगोलिक क्षेत्रफलको आधारमा सानो देश मानिएता पनि विभिन्न जात जाति, भाषा, धर्म, संस्कार संस्कृति साथै भौगोलिक बनावट र जैविक दृष्टिमा विशाल र विविधायुक्त राज्य मानेर नै बहुसास्कृतिक, बहुजातीय, बहुभाष्कि, बहुधार्मिक र विविधायुक्त सामाजिक संरचना भएको देश हो भन्ने कुरा सर्वविदितै छ। उक्त संरचना भित्रको विभिन्न समुदाय र जाति भध्ये तमू जाति पनि एक हो। तमूहरुको आफ्नै विशेषता र पहिचान छन ती भन्नु नै हाम्रो मौलिक भाषा धर्म परम्परा र रितिरिवाजहरु हुन्।

विभिन्न अनुसन्धान टोली र इतिहासकारहरुको भनाईअनुसार हाम्रो प्राचिन थलो गण्डकीको शेषान्त क्षेत्र (अव प्राप्त हुने तमूवान) हो। यो क्षेत्रमा सोझा मिलनसार तमूहरुको आफ्नै स्वायत्त शासन भएको गणतन्त्रात्मक साज्य थिए। त्यसकारण हाम्रो इतिहास लामो छ। हाम्रो तमूवान भएको बेला नेपाल बनाउने गोरखाका शाषकहरु राजस्थानमा थिए कि कता थिए त्यो ईतिहासमा प्रमाण छ। यिनै निरंकुश शाषकहरुले निर्ममतापूर्वक तमूको राज्यलाई दमन गरेकै कारण एकै समाजका तमूहरु जीविकापार्जनको क्रममा उपयुक्त ठाउहरु खोज्दै जाँदा हालको ७५ जिल्लामा छरिन पुगे। यसरी बसाई सराईको क्रममा आफ्नो मौलिक परम्पराहरु हुदा हुदै पनि बिर्सी सकेका हुदा आज फेरी घुम्दै रिङ्गदै रुम्जाटार भने जस्तै गणतन्त्रसम्म आईपुग्दा तमूहरुमा सामाजिक विकास र राजनैतिक सचेतनाको जागरण भई सचेत तमूहरुले आफ्नो पहिचान आफैले बनाउनु पर्दछ भन्ने चेतना जागेकोले आफ्नो पहिचान र संस्कृति प्रति उत्सुकता देखाई देश भरीनै तमू संघसंस्था खोल्ने क्रममा प्राज्ञिक वर्ग र राजनैतिक व्यक्तित्वहरुको सल्लाहबाट तमूहरुको साझा संस्थाको रुपमा तमू ह्लुला छोंज धीं को स्थापनाभई यसै संंस्थाबाट हामी तमूहरुको आदिम मान्यता र युगको माग अनुसार नया नेपालको संरचनामा तमूवानको लागि सरकारसंग माग पनि राख्दै आईरहेकोले आशा र प्रार्थना गरौं २०१५ को ल्होसारले हामी तमूहरुको माग अवश्य पूरा गर्नेछ जय तमूवान।

तमू ल्होसार
ल्हो को अर्थ “बर्ग” र सारको अर्थ नयाँ हो। वर्ग फेरिने दिनलाई ल्होसार भनिन्छ। हिजो आज यसलाई ल्होछार पनि भन्ने गरिन्छ। प्रा.डा. जगमान गुरुङको अनुसार तिब्बती भाषाको ल्होसार सब्द गुरुङ्ग भाषामा अप्रभंष हुदै वा रुप फेरिदै आएकोले ल्होछार भनिएको हो। तर जे होस यी सबैको अर्थ नयाँ वर्ष हो। प्राकृतिक नियम चक्र निरन्तर आफ्नो कक्षमा घुमि रहे जस्तै घुमिफिरी आफ्नो पहिचान स्वरुप रहेको राष्ट्रिय चाड ल्होसार नया उत्साहका साथ सबैको घर दैलोमाआई पुगेको छ। कत्तिले एकै ठाउमा बसेर भावनात्मक रुपमा सर सरल्लाह गरी राम्रो काम गर्ने प्रतिवद्धताका साथ जीवनलाई अघि बढाउने सोच बनाउदै होला भने कत्ति बैशालु सोल्टा सोल्टिनीहरुले लगन हेरी घरजाम नै गर्ने बन्दोबस्त पनि गर्दै होलान्। यसरी घरजाम गर्ने बेलामा शुभ अशुभ हेर्नु पर्ने हुनाले सम्पूर्ण तमूहरुले ल्हो (वर्ग) अनिवार्य रुपमा थाहा पाउन जरुरी छ।

ज्योतिष शास्त्र अनुसार १२ वटा पशुपक्षिको नाममा १२ वर्षको एउटा वर्ग चक्र हुन्छ र यो विश्व मै महत्वपूर्ण र पुरानो मानिन्छ र यसैको आधारमा तमूहरुको वर्ष गणना गर्ने चलन छ। हिजो आज हाम्रा विद्धानहरुले ग्याल्बो, सोनाम, तोला र तमू ल्होसार गरि ४ प्रकारका ल्होसार भन्न थालेका छन यसको उत्पति बुद्ध सम्बत र अन्य संवतसंग जुधाएर गरेता पनि कसैसंग मेल साएको देखिदैन किन भने वास्तावमा तमू ल्होसार सृष्टि र सभ्यताको विकास विस्तारसंगै यो हजारौं वर्षदेखि मनाउदै आई रहेको सामाजिक पर्व हो। यसको कुनै धर्म र संवतसंग सम्बन्ध नभई तमू समुदायकै पहिचान भएको हुदा जुनसुकै धर्ममा आस्था राखे पनि सबै जना तमूहरु जम्मा भई मनाउनु पर्दछ भन्दै सम्पूर्ण तमू र नेपाली दाजुभाइ दिदीबहिनीहरुको सन २०१४ मा अधुरो रहेको कार्यहरु २०१५ को तमू ल्होसारले पूरा गर्ने छ भन्ने कामनाको साथमा यो आउने वर्ष सबैको लागि सुखद रहोस् यहिछ मेरो शुभकामना आशिमला।

स्परण रहोस: हरेक वर्षको जनवरी पहिलो हप्ताको आइतावारका दिन तमूहरुको संस्था तमू धीं दक्षिण कोरियाले ल्होसार मनाउदै आईरहेकोले यस वर्ष पनि २०१५–०१–०४ का दिन सउल छङ्गगु छङ्गसोन्योन सुर्‍योनमा मनाउन गई रहेकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि तमूको नाताले सबैलाई आर्दिक अनुरोध पनि गर्दछु।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3459