Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१० वर्षमै पोखरा विश्वको उत्कृष्ठ शहर बन्ने: प्रशासक थपलिया

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १२ पुस। तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार नेपाली राष्ट्रिय पहिचान नाराका साथ साताव्यापी कार्यक्रम गरी राष्ट्रिय पर्व, तमु जातिको नयाँ बर्ष ल्हु ल्होछार मनाईरहेको तमु धिं नेपालले शनिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

ल्हु ल्होछार शुभकामना तथा चियापान कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रसासक दिनेशकुमार थपलियाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुुहुदै नेपाली मौलिकता नै राष्ट्रियता हो भन्नुहुदै सबै सँस्कृतिको सम्मान गरी नेपाल सुन्दर बनाउनु पर्ने बताउनुभयो। उहाँले असल योजना बनाऔं प्राकृतिक, साँस्कृतिक रुपले सुन्दर शहर पोखरालाई दश वर्षभित्र विश्वकै ५ उत्कृष्ठ शहर बनाउन सकिने दावी गर्नुभयो। पोखरा भौगोलिक सौन्दर्यताले मात्र नभई धार्मिक, साँस्कृतिक, पर्यटकीय शहरको रुपमा थप समृद्धताका लागि तमुवानवासी भूपू सैनिकहरुको योगदान आवाश्यक रहेको बताउनुहुदै यसका लागि तमु धिं नेपालले मात्रै पहल गर्न सक्ने बताउनुभयो।

धर्म सँस्कृतिले अनुशासन सिकाउने भएकाले ल्होछार पर्वले एकता, सद्भाव र सहिष्णुता कायम गर्ने बताउनुहुदै क्षेत्रीय प्रसासक थपलियाले धार्मिक कट्टरता र रुढिवादिताको अन्त्य गर्नुपर्ने बताउनुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुको अध्यक्षता, द्धितिय उपाध्यक्ष अनिता तमुको स्वागत र सहसचिव जुनाकुमारी तमुको सञ्चालनमा भएको कार्यक्रममा विशेष अतिथि जिल्ला प्रसासन कार्यलय कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेकपा माओवादी कास्कीका सेक्रेटरी पुर्णजित पुन, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु धिं नेपालका सल्लाहकार प्रमुख पुर्व क्याम्पस प्रमुख गणेशबहादुर तमु, ङ्योए तमु धिं लेखाथका महासचिव तथा संघीय समाजवादी बुद्धिजीवी विभागका केन्द्रीय सदस्य मनबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर तमु श्याम, पोखरा रोयल सहकारीका अध्यक्ष मेजर तुलसी प्रसाद तमु, वडा नागरिक मञ्च पोखराका अध्यक्ष उत्तम जोशी, मगर महिला संघका अध्यक्ष तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका उपाध्यक्ष फूलकुमारी थापा, तामाङ घेदुङ कास्कीका अध्यक्ष सुवेदार हरीमान तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु जाति र संस्कृतिको अधिकारीका बारेमा एकतावद्ध हुनुपर्नेमा जोडका साथै शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि थपलियालाई तमु धिं नेपालको तर्फबाट कार्यक्रम संयोजक तमु धिं नेपालका केन्द्रीय सदस्य, दुर्गाबहादुर तमु, कावा अध्यक्ष कर्णेल रामकाजी तमु, महासचिव रुद्रकुमारी तमु(मैना)ले तमु जातिको मौलिक पोशाक भाङग्रा र खादा लगाइदिदै सम्मान गरिएको थियो। उक्त कार्यक्रमका संयोजक केन्द्रीय सदस्य दुर्गाबहादुर तमुले धन्यवाद मन्तव्य व्यक्त गर्नुृभएको थियो।

शुभकामना कार्यक्रममा सहभागीहरुलाई तमु धिं नेपालका कावा अध्यक्ष कर्णेल रामकाजी तमुले तमु जातिको परम्परागत शुभ साइतमा लगाई सेतो, चामलको टिकासहित आशिष प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुलाई तमु जातिको मौलिक खाजा तरुल, सेल रोटी, झिलिंगा लगायतको खाजा खुवाईएको थियो।





Comments

comments

3453